रास्वपा सभापति लामिछाने र भाजपा नेता नितिनबीच भेटवार्ता


काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमा पुगेर नेता नवीनसँग भेटघाट गरेका हुन् ।
भेटका अवसरमा दुई दलबीचको आपसी सम्बन्ध, नेपाल–भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमणका क्रममा सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छ ।
भाजपाले पनि नेपालको सत्तारूढ दल रास्वपाका सभापतिसँगको भेटवार्ताले दुई देशका राजनीतिक दलबिच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्याउने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


