आइतबार, ३ मे, २०२६
सुकुम्बासी दाबी गर्दै ७७८९ जना सरकारको सम्पर्कमा

नेपाली लिङ्क
मे ३, २०२६

काठमाडौं–सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८१६ परिवार (७७८९ जना) सरकारको सम्पर्कमा आएका छन्।
सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरू भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।
सरकारले व्यवस्थापनका लागि होल्डिङ सेन्टरका रूपमा कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्र प्रयोग गरिरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


