शनिबार, ७ मार्च, २०२६
12:53 | १८:३८

डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित

नेपाली लिङ्क मार्च ७, २०२६

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कुल ६४ हजार ८८० सदर मतमध्ये डा. वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् । यससँगै डा. वाग्ले २१ हजार ८०९ मतान्तरले विजयी भएका हुन् । यसैगरी नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले उल्लेख्य मत प्राप्त गरे पनि तेस्रो स्थानमा रहिन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार यस क्षेत्रमा कुल १ लाख २६ हजार ८८२ मतदाता रहेकामा ५३ दशमलव ६९ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू