बुधबार, ११ फ्रेब्रवरी, २०२६
15:01 | २०:४६

बेलायत र रोमानिया पठाउने प्रलोभनमा ठगी गर्ने राउत पक्राउ

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२६

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी घर भएका ४१ वर्षीय जटाधर राउत रहेका छन्। उनले ५ जना बेरोजगार युवायुवतीलाई बेलायत  र रोमानिया पठाइदिने भन्दै कुल ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार राउतले पीडितहरूलाई प्रतिष्ठित मुलुकमा राम्रो काम र आकर्षक कमाइ हुने विश्वास दिलाएर पटक-पटक गरी सो रकम असुल गरेका थिए।

रकम हात पारेपछि उनी सम्पर्कविहीन भएका थिए। आफूहरू ठगिएको महसुस गरेपछि पीडितहरूले वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी दिएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू