सोमबार, २६ जनवरी, २०२६
04:20 | १०:०५

राष्ट्रिय सभामा निर्वाचित भए १८ नयाँ सांसद

नेपाली लिङ्क जनवरी २६, २०२६


काठमाडौँ । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन्। अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि मतदानमा अनुपस्थित थिए।

निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो।

कहाँ को भए निर्वाचित?

कोशी प्रदेश

१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेस प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश

१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश

१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

१. ललितजंग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू