एनआरएनएलाई चुनावमा सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगका लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरुलाई देशको समृद्धिका लागि जोडिन आग्रह गरेका हुन् ।
भेटमा गैरआवासीय नेपालीहरुले उठाउंदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघका मुख्य मुद्धाहरु पौडेलसमक्ष ध्यानार्कषण गराएका थिए ।
भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताबारे जानकारी दिर्दै अध्यादेशमार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गरे ।
संघका अर्का अध्यक्ष श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरि अब नेपालको समृद्धिका लागि केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई मताधिकारका लागि सुनिश्चित गर्न पनि आग्रह गरे ।

यसैगरी भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको चर्चा गरेका थिए ।
गैरआवासीय नेपाली संघको एकतापछि पहिलो पटक गएको सो प्रतिनिधिमण्डलमा संघका पूर्वअध्यक्षहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरु लगायत अभियन्ताहरुको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


