बिहीबार, १३ नोभेम्बर, २०२५
12:08 | १७:५३

निवर्तमान महानिरीक्षक खापुङलाई काठमाडौंमै रहन निर्देशन

नेपाली लिङ्क नोभेम्बर १३, २०२५

काठमाडौँ । भाद्र २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुमार खापुङलाई छानबिनका लागि उपस्थित हुनुपर्ने बताउँदै विदेश भ्रमण रोक लगाउने निर्णय गरेको छ।

आयोगको २०८२ कात्तिक २७ गते बिहीबार बसेको बैठकले खापुङलाई छानबिनमा सहयोगका लागि आयोगमा उपस्थित हुनुपर्ने बताउँदै आजदेखि लागू हुने गरी विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

साथै, आयोगको स्वीकृति विना काठमाडौं बाहिर जान नपाउने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग सिफारिस गरिएको छ।

आयोगका प्रवक्ता विज्ञान राज शर्माका अनुसार, आयोगले घटनासम्बन्धी जानकारीका लागि खापुङलाई औपचारिक रूपमा जानकारी गराउनेछ।

साथै, आयोगले सो घटनामा क्षतिग्रस्तहरूका विवरण पठाउन बाँकी रहेका व्यक्तिहरूलाई [email protected] मा वा आयोगको सिंहदरबारस्थित कार्यालयमा प्रत्यक्ष उपलब्ध गराउन आग्रह गरेको छ। आयोगले आफ्ना प्रेस विज्ञप्ति तथा सूचनाहरू गृह मन्त्रालयको वेबसाइट मार्फत पनि हेर्न सकिने बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू