उपत्यकासहित तराई मधेशका जिल्लामा छठ पूजा (फोटो फिचर)



काठमाडौं कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर- मनोजरत्न शाही
काठमाडौँ- काठमाडौं उपत्यकासहित तराई–मधेशका सबै जिल्लामा छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ ।
सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका थिए्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । नदी र पोखरीहरुमा पनि व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा गरेका छन् ।
काठमाडौं उपत्यकाका बागमती, नख्खु, कुपण्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको पूजा सम्पन्न हुनेछ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



