लन्डन उड्न लागेका वुद्धिजिवीलाई विमानस्थलमा प्रहरीको यस्तो दुर्व्यवहार



काठमाडौं । त्रिभुवन विमानस्थलमा यस्तो भोगिएको थिएन– सायद म जीवनमा कहिल्यै यति रिसाएको थिएँ!
मलाई दुःख छ आफ्नै देशको एकमात्र विमानस्थलका बारेमा नकारात्मक कुरा लेख्नु परेकोमा। अध्यागमन डेस्कमा बजगाइँ थरका युवा अधिकृतले ‘मैले हजुरलाई कहीँ देखेको छु’ भन्दै बडा सौहाद्रपूर्ण तरिकाले कुराकानी गर्नु भयो र छिटो छरितो काम गर्नुभयो। नेपाली नागरिकका रूपमा वास्तवमा त्रिभुवन विमानस्थलमा मैले इमिग्रेसनमा कहिल्यै ढिलासुस्ती भोगेको छैन। बरू ब्यागेजमा ढिला सुस्ती भोगेको हो।
अध्यागमन कटेर हामी सुरक्षा जाँचमा जाँदै थियौँ। कतार एअरवेजको क्रुजको ठूलो टोली आयो। हामीले उनीहरूलाई प्राथमिकता दियौँ। सुरक्षा जाँचका लागि एउटा मात्र बेल्ट चलेको थियो र खटिएका प्रहरीले पेटी, थैली, जुत्ता, घडी, मोबाइल, ल्यापटप सबै ट्रेमा राख्न भने । हामीले त्यसै ग¥यौँ। महिला पुरुष सबैको सामान एउटा स्क्यानरबाट पास भइरहेका थिए। अर्को समानान्तर साइडतिरको स्क्यानर बन्द थियो । सामान अगाडि पठाएपछि म पनि त्यही गेटबाट अघि बढेँ। त्यहाँ महिला पुलिस रहिछन् । उनले अर्को साइडमा जान भनिन् ।
अर्को साइडमा एक जना ’युवक’ पुलिस रहेछन् । उनले मलाई आफ्नो सबै सामान लिएर पुनः त्यही स्क्यानरमा हाल्न र अर्को मेटालिक गेटतिर आउन भने। थुप्रै ट्रेमा मेरा सामान थिए। मैले स्क्यान भइसकेको सामान किन पुनः स्क्यान गर्नु परयो ? म पुनः गेटबाट आउँछु नि त भनेँ । तपाईंहरूले आफ्नो स्ट्यान्डमा बसेर मलाई यता आउनुहोस् भन्नुपर्ने होइन? मैले प्रश्न गरेँ। उसले त एक्कासी ‘भगौँडा’ भन्छ । मैले ल्यापटप ब्याग च्यापेर पुनः स्याक्यान गरेर उस्कोमा गएँ। मैले उसले प्रयोग गरेको शब्द अव्यवसायिक, यो ठाउँ असुहाउँदो र अपमानजनक भएकोमा आपत्ति जनाउँदै उसको नाम सोधेँ। उ त झोक्किएर नाम देखाउँदै के गर्न सक्छस् गरजस्तो भाषा बोल्यो। मैले सहन सकिन। आतिथ्य दर्शाउँदै राष्ट्रको इज्जत गौरव बचाउँदै शुभयात्रा भन्नुपर्ने ठाउँमा यस्तो तालिम नपुगेको रिसाहा मान्छे खटाउनु कति उचित होला?
असैह्य भयो। मैले। म यति रिसाएछु कि म चर्को बोलिरहेको थिएँ। अवस्था असामान्य नै होलाजस्तो भयो। ड्यूटी इञ्चार्जलाई खोजेँ। पूर्णा बिष्ट इन्चार्ज हुनुहुँदो रहेछ। मैरो कम्पलेन दर्ता गर्दिनुहोस् भनेँ। अर्का एक जना सारू थरका युवा प्रहरी भाईले हाम्रो तर्फबाट गल्ती भयो, बोल्नु नहुने र गर्न नहुने काम भएको हो भनेर साक्षी बकीदिनु भयो। इन्चार्जले दशौँ बार माफी मागिन् तर लिखित गुनासो दिने मौका दिइनन्। कुनै व्यक्ति विशेषलाई कारबाही गर्ने मेरो कुनै चाहना होइन तर तपाईंहरूले गुनासा पृष्ठपोषण नलिए कसरी सुधार गर्नु हुन्छ? कसरी तालिम गराउनु हुन्छ भनेँ। उनले म सब गर्छु सर भन्दै हात जोडिन् । निज व्यक्तिको नाम थर मैले गोप्य नै राखेको छु। मैले संलग्न तीनै जनाको विवरण लिएको छु।
ल भन्नुहोस् यस्ता मनिसले कसरी तालिम पास गरे? कसरी यस्तो महत्त्वपूर्ण स्थानमा खटाइए? यो संरचना सुधार्न कहाँ, कसलाई, कसरी भन्ने होला?
यसैमा, एअर इन्डियाको डेक्समा सिकारू कर्मचारी रहिछन् । अति ढिलो गरिन् । मैले ठिकै छ, समय लिनुहोस्, म कुर्छु भनेँ। बुढाबुढीको सिट सँगै पार्दिनु भनेको त काठमाडौ–दिल्ली, दिल्ली–लन्डन दुवै उडानमा हाम्रो सिट त आनकोतान। बल्ल बल्ल दिल्लीसम्मका लागि जर्मनी पढ्न जान लागेका एकजना भाईको कृपाले सँगै मिल्यो। बिहानैदेखि सबै कुरा शुभदेखिएका छैनन् आज। चार महिनापछि आमालाई छाडेर बेलायत जाने कुराले अस्तिदेखि मन अमिलिएको थियो।
दसैँको भोलिपल्ट एउटा भतिज उड्यो, पर्सीपल्ट अर्को, हिजो छोरा एउटा फ्लाइटमा, छोरीहरू अर्कोमा।
खै के खै के पनि त्यसै भनिएको होइन ।
डा. कृष्ण अधिकारी
(सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूके पूर्व अध्यक्ष अधिकारी अक्सफोर्ड युनिभर्सिटीका रिसर्च फेलो हुन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५