बिहीबार, २ अक्टोबर, २०२५
22:55 | ०३:४०

विदेशबाट नेपाल आउँदा ५ हजार डलरसम्म ल्याउन पाइने

१,५०० डलरसम्म बिना घोषणा साथमा राख्न सकिने

नेपाली लिङ्क अक्टोबर २, २०२५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आउने यात्रुले साथमा ल्याउन सक्ने नगद परिमाणबारे स्पष्ट जानकारी दिएको छ।

जसअनुसार, विदेशबाट नेपाल फर्किने व्यक्तिले अधिकतम ५,००० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन पाउने व्यवस्था गरिएको छ।

यसैगरी भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार  बराबरसम्म भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ।’

त्यस्तै, यात्रुले साथमा १,५०० अमेरिकी डलरसम्म नगद राख्दा कुनै रोक–तोक नगर्ने भनिएको छ। राष्ट्र बैंकका अनुसार, यस नियमले वैदेशिक यात्राबाट फर्कने नेपाली तथा अन्य यात्रुलाई सजिलो हुने र अनधिकृत तरिकाले हुने विदेशी मुद्राको कारोबार नियन्त्रणमा आउने विश्वास गरिएको छ।

यसअघि पनि ५,००० डलरसम्म ल्याउन पाइने व्यवस्था थियो तर यात्रुहरूबीच अन्योल हुने गरेका कारण राष्ट्र बैंकले पुनः स्पष्ट पार्दै १,५०० डलरसम्म बिना घोषणा साथमा राख्न सकिने व्यवस्था पुष्टि गरेको हो।

तर विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू