शुक्रबार, ३ अक्टोबर, २०२५
03:18 | ०८:०३

फूलपातीको अवसर पारेर तीन चलचित्र प्रदर्शनमा

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२५

काठमाडौं । फूलपातीको अवसर पारेर आज तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।

नेपाली चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपाल लगायत विदेशमा समेत प्रदर्शनमा आएका हुन्।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका छ भने आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायत कलाकारले अभिनय गरेका छन्।

मिलन तामाङको निर्देशनमा बनेको चलचित्र ‘माइतीघर’ मा केदार घिमिरे (माग्ने बुढा), उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायत कलाकारको अभिनय छ।

तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको यो चलचित्र पनि आजदेखि नै प्रदर्शन शुरु गरेको छ। चलचित्र ‘माइतीघर’लाई चलचित्र जाँचपास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ। फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको निर्माण पक्षले जनाएको छ।

सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’ मा अभिनेता समीर भट्टको मुख्य भूमिका छ। प्रदर्शनमा आउनुअघि नै धेरै चर्चा पाइसकेको यस चलचित्रमा अभिनेता भट्टका साथै ऋचा शर्मा, अर्पण थापा लगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू