खुलेन मुग्लिन-नारायणगढ सडक खण्ड, हजारौँ यात्रु बाटोमै अलपत्र



काठमाडौँ । मुग्लिन-नारायणगढ सडक शनिबार राति पनि बन्द हुने भएको छ। तुइन खोलामा शुक्रबार साँझदेखि नै पहिरो खसेर अवरूद्ध भएको बाटो पहिरो हटाउन नसकिएपछि आज पनि नखुल्ने प्रहरीले जनाएको छ।
शनिबार बिहान झनै ठूलो पहिरो खसेपछि बाटो ठप्प भएको छ। लगभग २४ घण्टादेखि यात्रुहरू बाटोमा नै अलपत्र छन्। बाटोमा अलपत्र यात्रुलाई चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरू सम्मिलित टोलीले खाजा वितरण गरेको छ।
करिब दुई हजार यात्रुलाई खाजा वितरण गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। सडकमा तुइनखोलादेखि लोथरसम्म गाडी रोकिएका छन्। सडकमा करिब साढे ११ हजार गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी जिरीक्षक गायत्रीराज शर्माले बताए। उनका अनुसार आज सात बजेसम्म मात्रै पहिरो सफा गर्ने र बाँकी काम भोलि बिहानबाट सुरू हुने छ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
अहिले पनि सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन्।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ। राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५