४९ वर्षदेखि नेपाल बस्दै आएका ब्रिटिश लेफ्टिनेन्ट कर्णेल जेपी क्रसले मनाए १०० औं जन्मोत्सव



पोखरा- ब्रिगेड अफ गोर्खाज इतिहासमा चर्चित एक व्यक्तित्व लेफ्टिनेन्ट कर्णेल जेपी क्रस ओबीइ १०० वर्ष पुगेका छन् ।
यो असाधारण अवसरलाई पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको छ ।
जन्मोत्सव समारोहमा राजदूत पत्नी जुलिया फेन, भूतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत गोर्खा तथा कमान्डरहरू उपस्थित थिए ।
जन्मोत्सवलाई सम्बोधन गर्दै ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णेल ड्यान रेक्स एमभिओले भने- ‘यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र नभएर
बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको छ । जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफूलाई यस अवसरसँग जोडिइरहेका छन् ।’
अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल जोन फिलिप क्रस ओबिई (जसलाई जेपी क्रसले पनि चिनिन्छ) ले ब्रिटिश गोर्खाजसँग झन्डै ४० वर्षसम्म सेवा गरे ।
पछिल्ला वर्षहरूमा उनी एक ब्रिटिश नेपाली नागरिकको रूपमा नेपालमा छन् । उनले आफूलाई ‘बेलायतमा जन्मेको नेपाली’ भन्न रुचाउंछन् ।
उनी विगत ४९ वर्षदेखि नेपालमा बस्दै आएका छन् ।
उनी ८० वर्षअघि २१ वर्षको उमेरमा सिपाहीका रुपमा पहिलोपटक नेपाल आएका थिए ।
उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् । उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खालाई उच्च सम्मान गर्ने गरेका छन् ।
उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् ।
उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मान गर्ने गरेका छन् ।
उनले आफ्नो सैन्यकालमा बर्मा, इन्डो-चीन, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, नेपाललगायत अन्य देशमा सेवा गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५