ब्रिटिस गोर्खा र गैर आवासीय नेपालीलाई नागरिकताबारे सरकारको स्पष्ट धारणा माग



तस्बिर- एमओडी
काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खामा भर्ती भएका नेपाली नागरिक र गैर आवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले ब्रिटिस गोर्खा र एनआरएनहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए।
उनले नेपाली नागरिक अनागरिक नहून् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने बताए।
सभापति खतिवडाले भने, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहून्, अन्य विदेशीहरूलाई खुला पनि नगरौँ। हामी सबैको चाहना पनि त्यही हो। त्यही धारणा साथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौं। हामी चाहे ब्रिटिस गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौं। उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस्। त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस्।’
बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ।
बिहीबारदेखि दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५