बुधबार, जेठ ८, २०८२
07:21 | १२:०६

राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. पौडेल नियुक्त

नेपाली लिङ्क मे २०, २०२५

काठमाडौँ, जेठ ६ गते । सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

सिफारिस समितिले डा. पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए ।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू