शनिबार, ७ नोभेम्बर, २०२६
17:49 | २३:३४

क्रिस्टियानो रोनाल्डोले पनि लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रासस नोभेम्बर ७, २०२६

तस्विर- एएफपी/गेट्टी इमेजेज

लिस्बन । पोर्चुगीज प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गत बिहीबार उनले यो घोषणा गरेका हुन् ।

पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन् ।

गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए ।

जेससले उनलाई नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो ।

‘पोर्चुगीज जनतालाई हाम्रो राष्ट्रिय टोलीको नम्बर सातको जर्सी फिर्ता गर्ने दिन आएको छ’, रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको भिडियो सन्देशमा भनेका छन् ।

‘मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोरयाउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ’, उनले थपेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू