बेलायतमा गस्ती अभ्यासमा स्वर्ण जितेका नेपाली र बेलायती सेनाको टोलीलाई अवार्ड प्रदान


लन्डन । नेपाली सेना र बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ अन्तर्गत ‘द रोयल गोर्खा राइफल्स्’ (वानआरजिआर) को पहिलो बटालियनले वेल्समा आयोजित कठिन ’क्याम्ब्रियन पट्रोल अभ्यास २०२६’ सफलतापूर्वक सम्पन्न गरी स्वर्ण पदक प्राप्त गरेका छन् ।
गस्ती अभ्यास समापन भएपछि आयोजित अवार्ड वितरण समारोहमा बेलायती सेनाका ’चिफ अफ डिफेन्स स्टाफ’ एयर चिफ मार्शल सर रिचर्ड नाइटनले विजेतालाई उक्त ‘गोल्ड अवार्ड’ प्रदान गरे ।
साथै, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलले नेपाली सेनाको टोलीलाई पुरस्कार प्रदान गर्नुका साथै नेपाली सेनाको टोलीलाई आतिथ्य प्रदान गरेकामा वानआरजिआर सदस्यहरूलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।
दुवै वरिष्ठ अधिकारीहरुले शक्ति, दृढता र सामूहिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका नेपाली र ब्रिटिश सेनाको टोलीलाई बधाई समेत दिए ।
‘क्याम्ब्रियन पेट्रोल अभ्यास’ बेलायती सेनाको एक प्रमुख सैन्य गस्ती अभ्यास हो, जुन हरेक वर्ष वेल्समा आयोजना गरिन्छ।
उक्त अवार्ड वितरण कार्यक्रममा उपरथी मधुकर सिंह कार्की र लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहको पनि विशेष उपस्थिति थियो ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



