बिहीबार, ३ सेप्टेम्बर, २०२६
02:00 | ०६:४५

जर्मनीबाट आएर बीसीसी यूके गुम्बामा निम्स दाईको स्मृतिमा दीप प्रज्वलन

नेपाली लिङ्क सेप्टेम्बर २, २०२६

लन्डन । जर्मनी निवासी सुजिता शाही १३ हजार फिट उचाईंबाट ‘सोलो जम्प’ गर्ने पहिलो नेपाली महिला हुन् । ‘पोखरा स्काइडाइभ’ अन्तर्गत उनले सो कीर्तिमान कायम गरेकी थिइन् । कुनै बेला युद्ध पत्रकारका रुपमा समेत सक्रिय उनी साहसिक खेलमा निकै अग्रपंक्तिमा छन् ।

उनै समाजसेवी सुजिता गत साता विश्वविख्यात पर्वतारोही स्वर्गीय निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टीमा सहभागी हुन जर्मनीबाट बेलायत आइन् ।

गत २६ अगष्टमा निम्स दाईको अन्त्येष्टी समापन भएपछि सुजिताले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके गुम्बामा स्वर्गीय निम्स दाईप्रति श्रद्धान्जली अर्पण गर्दै १०९ बत्ती बालिन् र २१०० पाउण्ड दिएर बीसीसी यूकेको ट्रष्टी समेत बनिन् ।

निर्मल पुर्जाको बिजनेश एसोसिएट रहेकी सुजिताले भविष्यमा निम्स दाईमा समर्पित च्यारिटी प्रोजेक्टमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

मनकी धनी सुजिताले जर्मनीबाट नेपाल पर्यटकमात्र लाने गरेकी छैनन्, परोपकारी कार्यमा समेत उनको उत्तिकै योगदान छ । ‘सुज्डी केयर्स’ नामक परोपकारी संस्था स्थापना गरेकी उनले अब च्यारिटी कामलाई तीव्रता दिने बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू