बिहीबार, २१ मे, २०२६
02:35 | ०७:२०

सरकारले सञ्चार जगतमाथि अंकुश लगाउन खोज्नु संविधान विपरीत छ : अध्यक्ष शर्मा

नेपाली लिङ्क मे २१, २०२६

इटहरी । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चार जगतमाथि अंकुश लगाउन खोज्नु संविधान विपरीत भएको बताएकी छन्।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको १४औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको बताइन्। उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्।

आज इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा बोल्दै शर्माले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, जिम्मेवार र मर्यादित बनाउन राज्य, सञ्चार संस्था र पत्रकार स्वयं सबै गम्भीर हुनुपर्ने धारणा राखिन्।

कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू