डा. शर्मा प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

काठमाडौं । डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरिएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।
समितिले हिजो मंगलबार मात्रै उनको सुनुवाइ गरेको थियो। सुनुवाइ सम्पन्न भएपछि समितिले शर्मालाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।
पद तथा गोपनीयताको शपथ आजै
नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष शर्माले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कूटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


