सोमबार, १८ मे, २०२६
दुर्गा प्रसाईं वीरगञ्जमा समातिए

रासस
मे १८, २०२६

वीरगञ्ज (पर्सा), जेठ ४ गते । पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई आज राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।
“संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ” उनले भने । प्रसाइँ सोमबार बिहान यहाँको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि वीरगञ्ज आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


