सोमबार, ११ मे, २०२६
23:54 | ०४:३९

सरकारको नीति तथा कार्यक्रममा गैर आवासीय नेपाली सहभागिता विस्तार गरिने

रासस मे ११, २०२६

काठमाडौँ, वैशाख २८ गते । सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू