बुधबार, २२ अप्रिल, २०२६
11:30 | १६:१५

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

नेपाली लिङ्क अप्रिल २२, २०२६


काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् गठन गरेकै दिन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए। सुरुका दिनमा उनले उच्च पदस्थ कर्मचारीमाथि गरिएको कारबाही र पक्राउका कारण चर्चा पाएका थिए।

तर पछिल्लो समय विभिन्न आरोप र विवादका कारण उनी आलोचनाको केन्द्रमा परेका थिए।

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन्।

यद्यपि, राजीनामाको औपचारिक स्वीकृति वा सरकारको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

गुरुङको राजीनामापछि सरकारभित्र थप राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू