शनिबार, १८ अप्रिल, २०२६
20:54 | ०१:३९

अस्पतालबाट डिस्चार्ज भए ओली

रासस अप्रिल १८, २०२६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका ओली शनिबार उपचारपश्चात घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए ।

शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा थिए । शल्यक्रियापछि उनलाई घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा सेढाईंले बताए ।

गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो । ओली गत चैत १४ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू