आइतबार, १९ अप्रिल, २०२६
11:59 | १६:४४

६ देशका राजदूत फिर्ता बोलाउने निर्णय, १७ नियोग नेतृत्वविहीन

नेपाली लिङ्क अप्रिल ७, २०२६

काठमाडौँ । नेपाल सरकारले भारतसहित ६ देशका लागि नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले उनीहरूलाई स्वदेश फर्कन पत्राचार गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त गरेका यी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयसँगै बेलायत,अमेरिका, भारत र चीन जस्ता शक्ति राष्ट्रसहित कुल १७ देशका नेपाली कूटनीतिक नियोगहरू नेतृत्वविहीन हुन पुगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू