शुक्रबार, ३ अप्रिल, २०२६
13:55 | १८:४०

रास्वपा उपसभापति अर्याल सभामुखमा निर्विरोध

नेपाली लिङ्क अप्रिल ३, २०२६

काठमाडौँ, चैत २० गते । प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुख निर्वाचित हुने निश्चित भएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकामा सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेदवारी परेको थियो ।

संसद्का प्रवक्ता एकराम गिरीले चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेस गरिने कार्यसूची रहेको जनाए । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू