को को परे समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य? हेर्नुस् विवरण


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।
प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७ जना, नेपाली कांग्रेसका २० जना, नेकपा एमालेका १६ जना, नेपाली कम्युनिष्ट पार्टीका ९ जना, श्रम संस्कृति पार्टीका र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ जना रहेका छन्।
यसैबीच समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।
त्यसका लागि समानुपातिकतर्फ निर्वाचित भएका सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटा बुझाउनुपर्नेछ। आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा कागजात बुझाउन भनेको छ।
समानुपातिक सांसदको नामावली:





