शुक्रबार, १ मे, २०२६
केपी ओलीका पिताको निधन

नेपाली लिङ्क
मार्च १३, २०२६
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको शुक्रबार बिहान भक्तपुर गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित निवासमा लैजाने तयारी भइरहेको छ भने अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
सामान्य किसान पृष्ठभूमिबाट आएका उनले छोरा केपी ओलीको राजनीतिक यात्रा र संघर्षमा महत्त्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनका दुई छोरा र तीन छोरी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



