शनिबार, ७ मार्च, २०२६
चितवनमा ५९ हजार २७७ मतसहित रेनुलाई हराएर सोविता विजयी


नेपाली लिङ्क
मार्च ७, २०२६

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले ५९ हजार २७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले) का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गरे ।
यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


