शनिबार, ७ मार्च, २०२६
राष्ट्रिय स्वतन्त्र पार्टीको ४७ क्षेत्रमा जित, ७२ मा अग्रता


नेपाली लिङ्क
मार्च ७, २०२६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४७ क्षेत्रमा जित निकालेको छ ।
परिणामअनुसार रास्वपा उम्मेदवारहरुले अरु ७२ क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
त्यस्तै नेपाली काँग्रेसले ७ ठाउँमा जित हासिल गर्दै ११ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै १० स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिएको छ ।
श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानमा अग्रता लिएको छ । उता, राप्रपाले १ स्थानबाट अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।
उता, स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


