शुक्रबार, ६ मार्च, २०२६
20:54 | ०२:३९

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विजयी

रासस मार्च ६, २०२६

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनी १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् ।

सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतले पछि पारे ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली काँग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू