बिहीबार, ५ मार्च, २०२६
08:57 | १४:४२

१०७ र १०४ वर्षका ज्येष्ठ नागरिकद्वारा मतदान, लोकतन्त्रप्रति देखाए अटुट आस्था

नेपाली लिङ्क मार्च ५, २०२६

तनहुँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ। यसैबीच, ज्येष्ठ नागरिकहरूले पनि उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

तनहुँ र झापामा एक सय वर्ष नाघेका नागरिकहरूले मतदान गरेर लोकतन्त्रप्रतिको आफ्नो अटुट आस्था प्रदर्शन गरेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपश्चात् उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।

त्यस्तै, झापा–१ मा मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालय मतदान केन्द्रमा १०४ वर्षीया तुलसा कोइरालाले पनि मतदान गरेकी छन्। उनी आफ्ना छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेकी थिइन्।

उमेरको परवाह नगरी ज्येष्ठ नागरिकहरूले मतदानमा देखाएको सक्रियताको स्थानीयहरूले प्रशंसा गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू