बिहीबार, ५ मार्च, २०२६
08:53 | १४:३८

देशभर उत्साहपूर्ण रुपमा मतदान जारी

रासस मार्च ५, २०२६


काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ ।

मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ ।

यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् ।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू