बुधबार, २५ फ्रेब्रवरी, २०२६
11:53 | १७:३८

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री पठाइयो

रासस फ्रेब्रवरी २५, २०२६

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ ।

‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू