आइतबार, १७ मे, २०२६
13:06 | १७:५१

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र’ मा रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२६

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ ।

पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ ।

पार्टीले रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’ समेत वाचा पत्रमा उल्लेख गरेको छ ।

रास्वपाले प्रवासका नेपालीहरुलाई देशको आर्थिक रुपान्तरणको मुख्य आधार स्तम्भका रुपमा हेरेको छ । विदेशमा रहेका नेपालीहरुका लागि मतदानको अधिकार प्रदान गर्नुका साथै गैर आवासीय नेपालीहरुको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवाद बाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिंदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरु तत्काल अन्त्य गर्ने वाचा गरेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिंदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरुको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्वन गर्ने, श्रमलाई सस्तो श्रोत होइन, सम्मानजनक मानव पूंजीका रुपमा स्थापित गर्दै सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माण गर्ने, खेलकुदलाई केवल मनोरन्जन र भर्ती केन्द्रबाट मुक्त गरि राष्ट्रिय एकता र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा विकास गर्ने, सार्वजनिक शिक्षाको गुणस्तर, पहुंच र प्रतिष्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेख्य लगानी थप्दै गुणस्तर वृद्धि, रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने, उर्जा विकास दशकको लक्ष्य प्राप्तिका लागि नयां उर्जा तथा जलश्रोत नीति तयार गरिने, आगामी दशकमा तीस हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने लक्ष्य, सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने आदि वाचा पत्रमा उल्लेख छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू