बिहीबार, ५ फ्रेब्रवरी, २०२६
21:53 | ०३:३८

आयोगमा कुनै पनि राजनीतिक दलले पेस गरेनन् घोषणापत्र

रासस फ्रेब्रवरी ५, २०२६

काठमाडौँ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ । उक्त व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख गरिएको छ ।

आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोका आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्यतालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।

निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जीसीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू