आइतबार, १८ जनवरी, २०२६
10:56 | १६:४१

काठमाडौँ मेयर बालेनले दिए राजीनामा

नेपाली लिङ्क जनवरी १८, २०२६

काठमाडौँ, माघ ४ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् ।

बालेनले आइतबार उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाएका हुन् ।

स्वेच्छाले राजीनामा दिएको बताउंदै उनले राजीनामा पत्रमा लेखेका छन्, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’

बालेनले आफू पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको उल्लेख गर्दै राजीनामा पत्रमा भनेका छन्, ‘अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’

उनी अब सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । आजबाट बालेन चुनावी अभियानमा लाग्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू