बुधबार, १४ जनवरी, २०२६
22:54 | ०४:३९

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, यी हुन् १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य

नेपाली लिङ्क जनवरी १४, २०२६

काठमाडौँ–नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन समापनका क्रममा बुधबार राती नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको हो ।

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित भएका छन्। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाममा सर्वसम्मति भएको छ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली स्नेही (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बहादुर बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन्।

कांग्रेस विभाजन रोक्न तीन दिनदेखि निकै प्रयास भएपनि अन्ततः सबैभन्दा ठूलो दल फुटेको छ ।

यी हुन् निर्वाचित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू