शुक्रबार, २ जनवरी, २०२६
20:09 | ०१:५४

बुद्ध एयरको विमान दुर्घटना, ५१ यात्रु र चालक दलका चार सदस्य सबै सकुशल

रासस जनवरी २, २०२६

बिर्तामोड, पुस १८ गते । भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो ।

“विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्” लिम्बले भने ।

शुक्रबार साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू