तोकिएकै मितिमा निर्वाचन हुन्छ- प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छिन्। राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायतप्रति आभार समेत व्यक्त गरिन्।
“मुलत: सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ। सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ,” उनले भनिन्, “यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग लगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौँ।”
प्रधानमन्त्री कार्कीले भनिन्, “नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए। यस अवधिमा अन्तरिम सहित ५ पटक संविधान नयाँ बने। तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन। किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन। पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन। हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन। परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो।”
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र डा.बाबुराम भट्टराई लगायतले सम्बोधन गरेका थिए।
सम्बन्धित सामग्रीहरू
‘जेनजी’ प्रदर्शनमा लुटिएका हतियार र फरार कैदीलाई चांडै नियन्त्रणमा लिइने गृहमन्त्रीको दाबी
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



