बिहीबार, १८ डिसेम्बर, २०२५
11:55 | १७:४०

रवि लामिछानेलाई रिहा गर्न अदालतको आदेश

नेपाली लिङ्क डिसेम्बर १८, २०२५

फाइल तस्विर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश भएको छ।

विहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा गर्न आदेश दिएको हो ।

अदालतले लामिछानेलाई रिहा गर्नका लागि विभिन्न ५ शर्त राखेको छ । जसअनुसार विदेश जान पूर्वजानकारी गराउनुपर्नेदेखि बैंक ग्यारेन्टी राख्नुपर्नेसहितका शर्त छन् ।

अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ।

लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेश : 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू