मंसिर ५ गतेसम्म थपियो मतदाता नामावली दर्ता गर्ने म्याद



काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ।
यसअघि सरकारले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।
पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद थप गरिएको आयोगले जनाएको छ।
आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको छ।
‘पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरुको सहजता र सुविधाका लागि आयोगको मिति – २०८२/७/२८ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२/८/५ सम्मका लागि थप गरिएको छ’, वक्तव्यमा भनिएको छ, ‘थप गरिएको अवधिमा मतदाता नामावलीमा नामदर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टम मार्फत् आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
यसैबीच कात्तिक २७ गते बेलुकीसम्म कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।
हेर्नुस् आयोगको विज्ञप्ति-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



