आइतबार, ७ डिसेम्बर, २०२५
मतदाता परिचय पत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह


नेपाली लिङ्क
नोभेम्बर ७, २०२५

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले योग्य नागरिकलाई आजै मतदाता परिचय पत्र बनाउन आग्रह गरेकी छन्।
शुक्रबार एक भिडिओ सन्देश जारी गर्दै उनले हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्न आजै मतदाता परिचय पत्र बनाउन आग्रह गरेकी हुन्।
‘जेन-जी युवा समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनु पर्छ,’ उनले भनेकी छन्, ‘त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ या आफै सही प्रतिनिधि बन्नुपर्छ।’
उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताएकी छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



