दुई नयां मन्त्रीले राष्ट्रपतिबाट लिए शपथ



काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा दुई मन्त्री थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव र खेलकुदमन्त्री गुप्ता १०० ग्रुपका अध्यक्ष हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
आइतबार स्वास्थ्य र खेलकुद मन्त्रीको शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको समेत नाम सार्वजनिक भएपनि दुई जनाको मात्र शपथ भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



