आइतबार, २६ अक्टोबर, २०२५
08:06 | १३:५१

प्रधानमन्त्री कार्कीले थपिन् ४ मन्त्री, सपथ दिउँसो

नेपाली लिङ्क अक्टोबर २६, २०२५

काठमाडौँ–प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेकी छन्। प्राप्त जानकारी अनुसार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाइने भएको छ।

डा. गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, सुनारलाई श्रम तथा रोजगार मन्त्री, श्रेष्ठलाई भूमिसुधार मन्त्री र गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइने तयारी छ। नयाँ मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ।

यससँगै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् पुनर्गठनमार्फत सरकारको काम कारबाही अझ प्रभावकारी बनाउने उद्देश्य लिएकी छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू