शुक्रबार, १० अक्टोबर, २०२५
13:32 | १८:१७

जोखिमयुक्त स्थानमा रात्रीबस सेवा सञ्चालनमा रोक

नेपाली लिङ्क अक्टोबर ५, २०२५

काठमाडौँ । मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले जोखिमयुक्त स्थानमा रात्रीबस सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि लामो दूरी र काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन सञ्चालनमा लगाइएको रोकावट खुकुलो बनाउँदै जोखिमयुक्त स्थानमा मात्रै रात्रीबस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

यसका लागि अवरुद्ध सडकहरुको मर्मतसम्भार गरी तत्काल सडक सुचारु गर्न सडक विभागलाई लेखि पठाउने निर्णय भएको छ।

त्यसैगरी अत्यावश्यक सेवा राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनहरुको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर्जिल्ला समन्वयनमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ।

त्यसैगरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने समेत निर्णय भएको छ।

हेर्नुस् बैठकका निर्णयहरु-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू