बिहीबार, ३० अक्टोबर, २०२५
23:22 | ०५:०७

निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको तयारी गर्दै सरकार

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२५

काठमाडौं । निर्वाचन ऐन संशोधनका लागि गृह मन्त्रालय अध्यादेशको गृहकार्यमा जुटेको छ।

निर्वाचन आयोगले यसअघि नै १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएको थियो। त्यस आधारमा गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी अगाडि बढाएको बताइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमै निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी थियो। तर, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन सकिने विषयमा थप छलफल आवश्यक रहेको भनेर रोकिएको थियो।

थप गृहकार्य गरेर निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृह मन्त्रालयले तयारी गरिरहेको बताइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू