शुक्रबार, ३ अक्टोबर, २०२५
01:38 | ०६:२३

‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

काठमाडौँ । अस्कर अवार्डका लागि चलचित्र ‘अञ्जिला’ लाई नेपालबाट सिफारिस निर्णय स्थगित गरिएको छ। शनिबार बसेको अस्कर अवार्ड नेपाल समितिको बैठकपछि निर्णय स्थगित गरिएको समितिका अध्यक्ष विमल पौडेलले जानकारी दिए।

केही दिनको म्याद दिएर पुनः आवेदन माग गरिने पौडलले बताए। धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको र अब फेरि आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी गरिएको पौडेलले बताए। उनका अनुसार अब पाँच दिन समय थप गरेर आवेदन आह्वान गरिनेछ।

गत बिहीबार अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले नेपालबाट ‘अञ्जिला’ पठाउने निर्णय गरेको थियो। तर, छनोट समितिको निर्णय त्रुटिपूर्ण रहेको बताउँदै चलचित्रकर्मीहरूले चर्को आवाज उठाएका थिए। छनोट समितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई अस्कर मापदण्डविपरित निर्णय गरेको भन्दै विरोध गरेका थिए।

यसअघि हेरिएका दुई फिल्म ‘अञ्जिला’ र ‘गुन्युचोलो’ बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ।

स्रोतका अनुसार ‘गुन्युचोलो’का निर्मातासहित केही फिल्ममेकरले अस्करको मुख्यालयमा समेत यो विवादलाई लिएर उजुरी दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू