मंगलबार, १६ सेप्टेम्बर, २०२५
राष्ट्रपति पौडेलले गरे राष्ट्रिय सभा अधिवेशन अन्त्य



नेपाली लिङ्क
सेप्टेम्बर १६, २०२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमा २०८२ साल भदौ ३१ गते मध्यराति १२ बजेबाट अधिवेशन अन्त्य भएको उल्लेख छ।
अन्तरिम मन्त्रिपरिषद्ले २०८२ भदौ ३० गते बैठक बसेर अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।
सोही सिफारिसलाई स्वीकार गर्दै राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५