मंगलबार, १६ सेप्टेम्बर, २०२५
17:40 | २२:२५

दशैंमा टीका लगाउने शुभ साइत बिहान ११:५३ बजे

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२५

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।

समितिले यस वर्षको दशैं शुभ साइत असोज १६ गते बिहान ११:५३ मा रहेको र उक्त समयमा टीका ग्रहण गर्दा उत्तम हुने जनाएको छ ।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी टीका ग्रहण गर्ने उत्तम समय बिहान ११:५३ भएपनि दिनभर लगाउन सकिने जनाएका छन् ।

तालिका अनुसार घटस्थापना साइत असोज ६ गते बिहान ९:१३ बजे, फूलपाती असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते, विजयादशमी (टीका) असोज १६ गते र कोजाग्रत पूर्णिमा असोज २० गते परेको छ ।

धार्मिक विश्वासअनुसार निर्दिष्ट शुभ साइतमा टीका र जमरा ग्रहण गर्दा दीर्घायु, समृद्धि, पारिवारिक सुख–शान्ति र प्रगतिको आशीर्वाद प्राप्त हुने मानिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू